Skip to main content

Khabar Samachar

Search
Close this search box.

चाडपर्वका नाममा विद्यालयले फरक पोसाक किन्न बाध्य पारे काठमाडौं महानगरले कारबाही गर्ने

205
VIEWS

काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गरिने बताएको छ।

विद्यालयले फरक-फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक-फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका छन्।

परिपत्रविपरीत कार्य गरे विद्यालयलाई कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित