Khabar Samachar

हेटौंडा उपमहानगरका लागि कांग्रेसबाट मेयर र उपमेयर सिफारिस

209
VIEWS

नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा पार्टीबाट आकांक्षीको नाम सिफारिस गरेको छ।

हेटौंडा नगर कार्यसमितिको बैठकले मेयरमा एक महिलासहित तीन जना र उपमेयरमा तीन जना महिलाको नाम सिफारिस गरेको हो।

मेयरमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस भएको छ। इटेनी नगर सभापति हुन्।

यस्तै उपमेयरका लागि अमृता थापा, इन्दिरा न्यौपाने र तारा राईको नाम सिफारिस गरिएको नगर समितिले जनाएको छ।

पार्टी कार्यसमितिबाट मेयर र उपमेयरका आकांक्षीको नाम क्षेत्रीय कार्यसमिति हुँदै जिल्लामा पठाइएको छ। कांग्रेस विधानअनुसार प्रदेश संसदीय समितिले उपमहानगरको टिकट दिने व्यवस्था छ।

तर यसपालि सत्तारूढ पाँचदलीय गठबन्धनबीच चुनावी तालमेलको निर्णय भएकोले कुन उपमहानगर कसले पाउने भन्ने सहमति हुन सकेको छैन।

महानगर र उपमहानगर केन्द्रबाटै टिकट दिने तयारीमा दलहरू छन्।

हेटौंडा नगर समितिले भने ०७४ मा पनि थोरै मतले गर्दा महानगरको मेयर हारिएकोले यसपालि अरू पार्टीलाई मेयर छाड्न नहुने अडान लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित