Khabar Samachar

मध्यरातमा ठड्याइयो पूर्वराजा वीरेन्द्रको सालिक

223
VIEWS

पोखराको वीरेन्द्र चोकमा मध्यराति स्व.राजा वीरेन्द्रको सालिक ठड्याइएको छ । सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर सालिक ठड्याइएको हो ।

करिब २५ लाख लागतमा सालिक निर्माण गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । सुरुमा २०५९ सालमा क्षेत्रबहादुर केसीले राखेको सालिक २०६२–०६३ को जनआन्दोलनको क्रममा फालिएको थियो ।

त्यतिबलै सालिक पुनःस्थानपनाको लागि समिति गठन भएको थियो । तर समितिले काम गर्न सकेको थिएन । ‘समिति धेरै पटक पुनर्गठन भयो । अहिले मात्र सम्भव भयो,’ उनले भने । अहिले ८ फिट अग्लो सालिक ठड्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित