Khabar Samachar

नेपाल आउँदै भारतीय विदेशमन्त्री जयशंकर

208
VIEWS

भारतका विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन्।

नेपाल भारत परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका जयशंकर भारतीय सेनाको विशेष विमानमार्फत् बिहान १० बजे त्रिभुवन विमानस्थलमा उत्रिनेछन्।

नेपालमा रहँदा उनले उच्चपदस्थ राजनीतिक नेतृत्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

दूतावासका अनुसार मन्त्री जयशंकरले आज नै उच्चपदस्थ राजनीतिक भेटघाट सक्नेछन्।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उनी बिहान ११ बजे शितलनिवास जानेछन् भने १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित