Khabar Samachar

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्– मन्त्रालयको संख्या घटाउनुपर्छ

202
VIEWS

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको संख्या घटाउनुपर्ने बताएका छन् । शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारणसभामा उपप्रधानमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाउने प्रस्ताव अस्वीकार गर्दै यस्तो बताएका हुन् ।

मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने धारणा राख्दै उनले घटाउनुपर्ने बताएका हुन् । मन्त्रालय थप्ने माग सम्बोधन गर्न नमिल्ने उनले स्पष्ट पारे ।

उनले हस्तकलासम्बन्धि छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको बताए ।  उपप्रधानमन्त्री श्रेष्ठले सरकारले हस्तकला जस्तो तुलानात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तिव्रता दिन चाहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि ठूला  उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था तत्कालका लागि नरहेको बताए । सरकारले तुलनात्मक लाभका क्षेत्रहरूको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको बताए । हस्तकला क्षेत्रको विकासका लागि विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित