Khabar Samachar

Search
Close this search box.

पूर्वराजाद्वारा गढीमाईमा पूजाआजा

205
VIEWS

पूर्वराजा ज्ञानेन्द्र शाहले बाराको प्रसिद्ध धार्मिकस्थल गढीमाई मन्दिरमा पूजापाठ गरेका छन् । बिहीबार साँझ गढीमाई मन्दिर पुगेर उनले पूजापाठ गरेका हुन् ।

गढीमाईमा पूर्वराजा शाहलाई स्थानीयले स्वागत गरेका थिए । उनीहरूले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा कसको जनताको, जनता कसको राजाको’सहितका नारा पनि लगाएका थिए ।पूर्वराजा शाहले बिहीबार साँझ गढीमाई मन्दिर पुगी पूजापाठ गरेको उनीनिकट स्रोतले जानकारी दिएका छन्। पूर्वराजाको सम्मानमा माघ १३ गते वीरगञ्जमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।

पूर्वराजा शाह बारा, पर्सा, रौतहटसहितका जिल्लाको भ्रमणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित