Khabar Samachar

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिए

220
VIEWS

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार आएका छन्।

शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदीप परियारलाई पठाएको छ। उनी राष्ट्रिय योजना आयोगका कार्यरत थिए। त्यसअघि उनी सहरी विकास मन्त्रालयमा थिए।

यस्तै, मन्त्रालयले काठमाडौंमा रहेका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरूवा गरेको छ। नगर कार्यपालिकाको निर्णय हेरफेर गरेको घटनामा महानगरले प्रशासकीय अधिकृत अधिकारीलाई माघ १० गते सम्मका लागि बिदामा बस्न भनेको थियो।

पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले नियतवश आफ्नी छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी ६ जना बनाएको आरोप छ।

यसमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीको पनि संलग्नता भेटिएको भन्दै सचिवालयले उनलाई छानबिन नसकुञ्जेल बिदामा बस्न भनेको थियो। छानबिन सकिनुअगावै अधिकारी हाजिर हुन आउने थाहा पाएपछि महानगरका मेयर बालेन शाहको सचिवालयले प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित