Khabar Samachar

Search
Close this search box.

काठमाडौं महानगरले सोध्यो शिक्षा विभाग प्रमुखसँग स्पष्टीकरण

212
VIEWS

काठमाडौँ महानगरपालिकाले शिक्षा शाखा प्रमुख सिताराम कोइरालालाई स्पष्टीकरण सोधेको छ । मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि मेयर बालेन शाहले स्पष्टीकरण सोधेका हुन् । उनलाई मेयर शाहले सात दिनभित्र आफ्नो सफाइ पेश गर्ने मौका दिएका हुन् ।

मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले गत शुक्रवारदेखि लागू हुनेगरी सात दिने सफाइ पेश गर्न भनिएको बताए । ‘वडा नम्बर १० स्थित रत्नराज्य स्कुललाई विज्ञान संकाय संचालन गर्न कोइरालाले स्वयं अनुमति दिएको भेटिएको छ,’ शाहले भने, ‘अनुमति दिने अधिकार नगर शिक्षा समितिलाई हुन्छ जसको अध्यक्ष मेयर हुने व्यवस्था छ। तर उनले आफ्‍नो अधिकार नभएको क्षेत्रमा पनि अनुमति दिएको भेटिएको छ।’

उजुरीपछि महानगरले गरेको अनुगमनको क्रममा कक्षा ११ को कक्षा सञ्चालन गरेको पाइएको थियो । महानगर शिक्षा समितिले अनुमति नै नदिएको विषयमा शिक्षा शाखा प्रमुखले कसरी अनुमति दिएको भन्दै एक साताभित्र आफ्नो सफाइ पेश गर्न भनिएको स्वकीय सचिव शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित