Khabar Samachar

Search
Close this search box.

राष्ट्रियसभाका अध्यक्षको चुनाव फागुन २९ मा गर्न प्रस्ताव

203
VIEWS

राष्ट्रियसभाको अध्यक्षको चुनाव आगामी फागुन २९ गते गर्न प्रस्ताव गरिएको छ । आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद विदाइ हुँदैछन् । सभाको अध्यक्ष पद रिक्त भएपछि त्यसको एकसाताभित्र निर्वाचन गर्नेबारे राष्ट्रियसभाले कार्यतालिका बनाएको हो ।

शुक्रबार स्वीकृत भएको राष्ट्रियसभाको क्यालेन्डरले फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र फागुन २९ गते अध्यक्षको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ । अहिले सम्भावित कार्यातालिका बनेपनि राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारे अन्तिम टुङ्गो लगाउने संघीय संसदका प्रवक्ता एकराम गिरीले रातोपाटीलाई जानकारी दिए ।

राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुको सपथग्रहण भने फागुन २१ गते हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित