Khabar Samachar

निर्माण सकिएको धरहरा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको हो – शंकर पोखरेल

204
VIEWS

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले धरहरा निर्माण पहिले नै सम्पन्न भइसकेको बताएका छन्।

निर्माण सकिएको धरहरा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनसमेत गरेको उनको भनाइ छ।

धरहरा पुनर्निर्माण परियोजनालाई पाँच भागमा बाँडेर काम गरिएको उनले बताएका छन्।

‘तत्कालीन प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गरेको हो। जसको निर्माण कार्य सम्पन्न भइसकेको छ,’ महासचिव पोखरेलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अरू परियोजनाको काम सरकार परिवर्तनका कारण बिलम्ब भएको छ तर निर्माण सम्झौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ।’धरहरा निर्माण परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्त्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक रहेको महासचिव पोखरेलको भनाइ छ।

धरहरा पुननिर्माणको परियोजनाअन्तर्गत त्यसलाई नयाँ स्वरुपमा निर्माण गर्नेगरी पाँच भागमा विभक्त गरिएको थियो। पहिलो पुरानो धरहराको बचेको भागलाई परदर्शी सिसाले छोपेर जस्ताको त्यस्तै संरक्षण गरी सुरक्षित राख्ने। दोस्रो- त्यसको छेवैमा पुरानो स्वरुपमा तर नयाँ प्रविधिको प्रयोगरी सुरक्षित धरहराको निर्माण गर्ने। तेस्रो- भूकम्पको बारेमा जानकारी गराउने हिसाबले म्युजियमको निर्माण गर्ने। चौथो- भित्री सहर र पर्यटकको सुविधालाई समेत ध्यानमा राखेर अन्डर ग्राउन्ड पार्किङ स्थल निर्माण गर्ने र पाँचौ- अन्डर ग्राउन्ड पार्किङको माथिल्लो भागमा बगैँचा निर्माण गर्ने र सुन्धारालाई सौन्दर्यीकरण गर्ने।

त्यसका लागि गोस्वारा हुलाकसमेतको वरिपरिको सरकारी जमिनसमेत प्रयोग गरिएको छ। तात्कालिक प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गरेको हो। जसको निर्माण कार्य उतिबेलै सम्पन्न भइसकेको छ। अरु परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्ब भएको छ। तर निर्माण सम्झौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ।

यो परियोजनाको दूरदर्शी दृष्टिकोण र महत्त्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित