संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई महासचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन्।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सिफारिसमा राष्ट्रपति पौडेलले पाण्डेयलाई महासचिवमा नियुक्त गरेका हुन्।
महासचिव पदमा नियुक्त हुनुअघि मंगलबार नै उनले प्रतिनिधि सभा सचिवबाट राजीनामा दिएका थिए। उक्त राजीनामा स्वीकृत गरी राष्ट्रपति पौडेलले पाण्डेयलाई महासचिव पदमा नियुक्त गरेका हुन्।
तत्कालीन महासचिव भरतराज गौतमले मंसिर २४ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए। त्यसपछि महासचिव पदमा पाण्डेयलाई नियुक्त गर्न सिफारिस गरिएको थियो।
Discussion about this post