Khabar Samachar

कहिलेकाहिँ कुरा भित्तालाई पनि सुनाउनुपर्छ – शेरबहादुर देउवा

203
VIEWS

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खाली भएपनि नेताहरु भाषण गरिरहेको देखिएको बताए ।देउवाले काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन गरेका छन् । सभापति देउवाले शुक्रबार काठमाडौँको राष्ट्रियसभा गृहमा जिल्ला सम्मेलनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा कार्यकर्ताको न्यून उपस्थितिप्रति उनले व्यङग्य गरे ।

‘मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ । एक जना बसेको हुन्छ । धन्यवाद है तपाई मेरो भाषण सुन्न बस्नुभएकोमा भन्छन्,’ देउवाले भने, ‘तर, उ भाषण सुन्न होइन माइक आफूले ल्याएकाले बसेको हुन्छ । हाम्रा साथीहरुको लामो बोल्नुपर्ने छ । कुरा सुनाउनै पर्‍यो । कहिले कहीँ कुरा भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । केही छैन त्यो ।’

‘एक जना बसेको हुन्छ । अनि धन्यवाद है तपाई त लास्टसम्म बस्नुभयो भन्छन् । तपाईको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो । माइक मैले दिएको हो भन्ने बेला छ ।’ उनले भने ।

उनले सरोज बाँगेलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा धेरैले दुःखेसो व्यक्त गरेको भन्दै अर्को पटक जिताएर देखाउन आग्रह गरे ।

उनले भने, ‘ एउटा कुरा सबैलाई चित्त दुखेछ सरोज बाँगेलाई टिकट दिएन भनेर क्या । यहाँ राष्ट्रिय सभामा । अब टिकट पायो भने जिताउनु होला नि फेरि है । अब उहाँले टिकट पाउनुभयो र जिताउनु होला नि फेरि है । राष्ट्रिय सभा किन प्रत्यक्षमै जिताउन लाग्नुस् न । अब जिताउन लाग्नुस् न । ‘

सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा धेरै महत्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रस्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित