Khabar Samachar

प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, ११ जना घाइते

207
VIEWS

काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते भएका छन्।

बुधबार साँझे साढे सात बजे महानगर प्रहरी उपरीक्षक मनोज लामिछानेको टोली फुटपाथ व्यवसाय हटाउन जाँदा दुई पक्षबीच झडप भएको हो।

फुटपाथ व्यवासायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो।

झडपमा ६ जना फुटपाथ व्यवसायी र ५ जना नगर प्रहरी घाइते भएका छन्।

‘बाटोमा फुटपाथ राख्न पाइँदैन भनेर नगर प्रहरी हटाउन गएको थियो,’ उनले भने, ‘तर उहाँहरूले अटेर गर्नुभयो। सोही क्रममा झडप हुँदा नगर प्रहरीसमेत घाइते भएका छन्।’

घाइते प्रहरीहरूको वीर अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित