Khabar Samachar

Search
Close this search box.

फागुन २१ गतेको संसदमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

203
VIEWS

सभामुख देवराज घिमिरेले संसदमा विपक्षीहरूले उठाएका विषयमा फागुन २१ गते जवाफ दिन सरकारलाई रुलिङ गरेका छन । शुक्रबारको प्रतिनिधिसभा बैठकका क्रममा सभामुख देवराज घिमिरेले यसअघिको बैठकमा पनि ध्यानाकर्षण गराएको भन्दै रुलिङ गरेका हुन् । फागुन २१ गते बस्ने बैठकमा उपस्थित भइ उठेका प्रश्नको जवाफ दिन उनले सरकारलाई रुलिङ गरेका हुन् ।

बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलहरूले सरकारको खोजी गरेका थिए । नेकपा (एमाले) र राप्रपाले बालकुमारी घटना, दुग्ध किसानको विषय, मिटरब्याजपीडित तथा बैंक तथा वित्तीय संस्थाको ऋणीको समस्यामा सरकारको जवाफ मागेर सदन चल्न अवरोध गरेका थिए । त्यसपश्चात् सभामुख घिमिरेले रुलिङ गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित