Khabar Samachar

धनगढीको मेयरमा विवेकशील साझाले स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई समर्थन गर्ने

206
VIEWS

धनगढीको मेयरमा विवेकशील साझाले स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई समर्थन गर्ने भएको छ ।

विवेकशील साझाले मेयरको उम्मेदवार भने घोषणा गरेको छैन । नेताहरुका अनुसार पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमाल (गोपी) लाई नै समर्थन गर्ने तयारी छ ।

विवेकशील साझाका एक नेता भन्छन्, ‘पार्टीलाई स्थापित गर्न उहाँले भूमिका खेलेकाले समर्थन गर्नुपर्छ भन्ने स्थानीय साथीहरुको राय छ । सम्भवतः पार्टीले धनगढीको मेयरमा छुट्टै उम्मेदवार उठाउने छैन ।’सुदूरपश्चिममा विवेकशील साझाको संगठन बनाउन भूमिका खेलेका उनले स्थानीय चुनावको मुखमा भने पार्टी परित्याग गरेका हुन् । उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । विमला पन्त ओझालाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको विवेकशील साझाले बताएको छ ।

इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष उ.मा.बि. शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक संघसंस्थामा काम गरेको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित