प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थालेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा मंगलबार आयोजित ‘नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक गोष्ठीमा बोल्दै उनले राजनीतिमा विस्तारै छट्टुहरू हाबी हुन थालेको बताए।
‘कांग्रेसलाई इमान्दार पनि, सँगसँगै योग्यताका निम्ति पर्यत्न गर्ने मानिसहरू बढी चाहिएको छ,’ महामन्त्री थापाले भने, ‘राजनीति विस्तारै कस्तो हुन थाल्यो भने छट्टुहरू हाबी हुन थाले। छट्टुहरू आउँछन्, लटरपटर पार्छन्, झुक्याउँछ, यसो रंगरोगन गर्छ र जान्छ। हामीलाई छट्टुहरू चाहिएको होइन।’उनले भने, ‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले । छट्टुहरू त आउँछ, लटरपटर पार्छ । झुक्याउँछ । यसो रङरोगन गर्छ, जान्छ । हामीलाई छट्टुहरु चाहिएको होइन, धैर्यता भएको, धैर्यताको अर्थ केही पनि नगर्ने मान्छे पनि होइन । हामीलाई गति भएको मान्छे पनि चाहियो । गति र मति दुवै भएको मान्छे चाहियो । हामीले आफ्नो घरभित्रको फोहोर पनि ठीक गर्नुपर्नेछ । हाम्रो घरभित्र फोहोर छ, सफा गर्नुपर्नेछ । हाम्रो कतिपय ठाउँमा मति बिग्रेको छ । त्यसलाई ठीक गर्नैपर्छ ।’
पार्टीलाई धैर्यता, गति र मति भएको मानिसहरू आवश्यक परेको थापाले बताए।
































Discussion about this post