Khabar Samachar

बाबुराम भट्टराई भन्छन – प्रचण्डले गोरखाबासीलाई धोका दिनुभयो, सांसदबाट राजीनामा दिनुपर्छ

203
VIEWS

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जितेको क्षेत्र गोरखा २ बाट राजीनामा दिनु उपयुक्त हुने टिप्पणी गरेका छन्।‘प्रचण्डजीले चुनावपूर्वको गठबन्धनलाई अर्को निर्वाचनभन्दा पहिले छोड्नु त राजनीति र नैतिक हिसाबले उपयुक्त हुँदैन । उहाँले त्यसलाई परिवर्तन गर्ने हो भने जसको सहयोगमा उहाँले निर्वाचन जित्नुभएको छ’, बिहीबार गोरखा पुगेका अध्यक्ष भट्टराईले भने, ‘तीनिहरूलाई त धोका दिएको ठहर्छ । त्यस्तो स्थितिमा उहाँले जितेको निर्वाचन क्षेत्रबाट राजीनामा दिनु र फेरि नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ ।’

आफू सांसद नहुँदा पनि निर्वाचन क्षेत्र र गोरखा कम्तीमा महिनामा एक पटक आउने गरेको उनले बताए। गोरखा २ मा फेरि चुनाव उठ्ने तयारी हो भन्ने प्रश्नमा जबाफ दिएका भट्टराईले भने, ‘म आफैँ उठ्छु भनेको छैन, तर सधैं चुनाव उठ्दिनँ पनि भनेको छैन। यो त भोलिका परिस्थितिमा निर्भर रहने कुरा हो।’

उनले प्रचण्ड चुनावदेखि चुनावसम्म मात्रै गोरखा आएको उल्लेख गर्दै आफू सधैँ जनतासँगै भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित