Khabar Samachar

सन्दीप प्रकरण : गाउँपालिकामा गौशाला २६ ले दिएको निवेदन माग्ने आदेश

210
VIEWS

सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनमा पहिलो दिनको सुनुवाइ सकिएको छ ।सन्दीप लामिछानेको मुद्दामा गौशाला २६ ले जन्मदर्ताको प्रतिलिपि पाउनको लागि गाउँपालिकामा दिएको निवेदनको सक्कलैप्रति माग्ने आदेश दिएको छ ।

तादी गाउँपालिकाले २०७९ असार १४ मा पीडितको निवेदनको आधारमा जन्मदर्ताको प्रतिलिपि जारी गरेको जवाफ दिएको थियो ।

उच्च अदालतले १८ पुस २०७५ मा जारी भएको जन्मदर्ताको प्रमाणपत्र पनि पेश गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्रिकेटर सन्दिप लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।

उनले जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गरेका छन् । पीडित गौशाला २६ ले लामिछानेमाथि नाबालिका बलात्कारको आरोपमा थप सजाय हुनुपर्ने माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित