जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)की देवका लामिछाने निर्वाचित भएकी छन् ।सोमबार बिहान आएको अन्तिम मतपरिणामअनुसार माओवादी उम्मेदवार लामिछानेले निर्वाचित भएकी हुन् । उनले ४२७२ मत प्राप्त गरिन् । २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर चुनाव जितेको काङ्ग्रेस उपनिर्वाचनमा दोस्रो भएको छ ।
कांग्रेस उम्मेदवार इन्द्रा चन्द (सिंह)ले ३१४७ मत ल्याउँदा तेस्रोमा रहेको एमाले उम्मेदवार सुनिता बोहराले २५४२ मत ल्याइन् ।
Discussion about this post