निर्वाचन आयोगले कोमल वलीलाई सोध्यो स्पष्टीकरण

205
VIEWS

निर्वाचन आयोगले दाङ-३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा दल र उम्मेदवारले बालबालिकाको प्रयोग गर्न नहुने व्यवस्था रहेको तर वलीले बालबालिकाको प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । उनलाई स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र दिन भनिएको छ ।

शुक्रबार वलीले विद्यार्थीलाई राखेर चुनावी कार्यक्रम गरेकी थिइन् ।

‘‍…निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’ आयोगको स्पष्टीकरणमा भनिएको छ ।आयोगले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै सो कार्य गरेको देखिएकोले आचारसंहिताको उल्लंघनमा किन कारबाही नगर्ने भनेर पनि प्रश्न सोधेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित