Khabar Samachar

Search
Close this search box.

मैले गुटबन्दी गरेर हिँडेको भन्न मिल्दैन – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

203
VIEWS

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष आफूलाई गुटबन्दी गरेर हिँडेको भन्न नमिल्ने बताएकी छन्। अध्यक्ष ओलीले भने पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतालाई नरूचाएको देखिने गरी अभिव्यक्ति दिँदै आएका छन्। भर्खरै अनेरास्ववियुको भेलामा उनले पार्टीमा को आउने रे, कसको खोजी भइरहेको भन्ने चर्चा चलेको प्रसङ्ग निकालेर असन्तुष्टि प्रकट गरे। उनले यस्तो कुराले पार्टी कमजोर हुने भन्दै प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान पनि गरे।

केही दिनयता पूर्वमा रहेर विभिन्न कार्यक्रममा सहभागी भएकी पूर्वराष्ट्रपति भण्डारीले मंगलबार विराटनगर हुँदै काठमाडौं फर्किइन्। मंगलबार बिहान काठमाडौं उड्नुअघि पत्रकारहरूसँग कुरा गर्ने क्रममा उनलाई सोधिएको थियो- तपाईंको राजनीतिक सक्रियतालाई अध्यक्ष ओलीले नरूचाउनु भएको हो? उहाँले असन्तोस प्रकट गर्नुभयो नि!

जबाफमा भण्डारीले ओलीको अभिव्यक्ति आफूतिर लक्षित होला भन्ने नलागेको बताइन्।

‘एमालेका अध्यक्षले मैतिर ताकेर भनेको हो जस्तो लाग्दैन। किनभने, मेरो व्यक्तिगत आकाङ्क्षा केही छैन। अध्यक्षले बरू कार्यकर्ताहरूलाई महाधिवेशनअघि नेतृत्वको चिन्ता नगर, हामी मिलाउँछौं भन्नुभएको होला।’

आफू देशको राष्ट्रपति भइसकेको, लामो राजनीतिक सक्रियताले चिनजान र सम्बन्ध ठूलो भएको उल्लेख गर्दै भण्डारीले ओलीलाई घुमाउरो रूपमा जबाफ पनि फर्काइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित