Khabar Samachar

Search
Close this search box.

क्यासिनो खोल्न कम्तीमा २० करोड चुक्ता पुँजी हुनुपर्ने

202
VIEWS

क्यासिनो खोल्न कम्तीमा २० करोड रूपैयाँ हुनुपर्ने भएको छ। हालै जारी भएको क्यासिनो नियमावली २०८० ले यस्तो व्यवस्था गरेको हो।

यसअघिको नियमावलीमा क्यासिनो खोल्न कम्तीमा १५ करोड रूपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था थियो। आधुनिक मेसिन वा विद्युतीय उपकरणको माध्यमबाट मात्र खेलाइने साना क्यासिनोलाई यस्तो व्यवस्था गरिएको हो।

तर, ठूला क्यासिनोको लागि ३० करोड चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरिएको छ। यसअघि यस्ता क्यासिनोलाई २५ करोड चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरिएको थियो।

ठूला क्यासिनोले १५ लाख रूपैयाँ र साना क्यासिनोले दश लाख रूपैयाँ निवेदन दस्तुर दिएर आवेदन दिन सकिने व्यवस्था समेत गरिएको छ।

त्यस्तै, ठूलाको लागि तीन करोड रूपैयाँ र सानाको लागि एक करोड ५० लाख रूपैयाँ इजाजत दस्तुर तोकिएको छ। यसअघिको नियमावलीले ठूलाको लागि दुई करोड रूपैयाँ र सानाको लागि एक करोड रूपैयाँ इजाजत दस्तुर तोकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित