Skip to main content

Khabar Samachar

Search
Close this search box.

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

203
VIEWS

दार्चुलामा तुइन चुँडिँदा महाकाली नदीमा खसेर एक जना बेपत्ता भएका छन्।

व्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदी पार गर्न तुइन चढेका स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन्।

मंगलबार दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जाने क्रममा बुढाथोकी तुइन चुँडिँदा नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) छत्रबहादुर रावतले जानकारी दिए।

‘साढे ३ बजेसम्म बुढाथोकी फेला परेका छैनन्,’ इन्स्पेक्टर रावतले भने, ‘हामीले सबै टिमलाई जानकारी गराएका छौं। खोज्ने काम जारी छ।’

नारायणसँगै स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत् महाकाली नदी पार गर्न गएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित