सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ बागेश्वरका हायु परिवार कास्कीको पोखरा महानगरपालिकास्थित गगनगौँडामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले उनीहरु गगनगौँडामा २ वटा घरमा बसेको अवस्थामा फेला पारेको पुष्टि गरे।
पोखरा महानगरपालिका ३० का चन्द्र भण्डारी र सोमनाथ पौडेलको घरमा थिए। सोमबार दिउँसो साढे १ बजेतिर उनीहरु बास माग्न पुगेका थिए।
उनीहरुले आफूहरु ज्यामी काम गर्ने मान्छे भएकाले कामको खोजिमा रहेको बताएर बास मागेका थिए। भण्डारीको घरमा ४ जना र पौडेलको घरमा १२ जना बसेका थिए।
त्यसअघि भने उनीहरु होटलमा बसेको भेटिएको छ। शनिबार पोखरा पुगेका उनीहरु एक रात होटलमा बसेपछि कामको खोजिमा लागेको बताएका छन्।























Discussion about this post