Skip to main content

Khabar Samachar

Search
Close this search box.

माधव कमरेडलाई कसरी जोगाउने सोचिरहेको छु, साथीहरू पदच्युत गर्न खोज्यो भन्छन्: झलनाथ खनाल

201
VIEWS

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई लागेको भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा आफू लागेको भए पनि आफूले सत्ताच्युत गर्न खाजेको भनेर केहीले बुझेको भन्दै दुःख व्यक्त गरेका छन्।

‘उहाँले (माधव नेपाल) कसरी पार्टी छोडेर गइदिए हुन्थ्यो भन्ने शब्द खुस्काउनुभयो, म अचम्मित छु,’ खनालको भनाइ छ, ‘माधव कमरेडलाई यत्रो ठूलो मुद्दा लागेको छ। १९ करोडको मुद्दा लागेको छ। तर कसरी माधव कमरेडलाई बचाउने होला? उहाँको मुद्दालाई अनुकुल कसरी बनाउने होला? उहाँको प्रतिवादीलाई कसरी प्रभावकारी बनाउने होला? यो कुरामा म जहिले पनि सोचिरहको छु। मैले सचिवालयमा राखेको प्रस्ताव पनि त्यसै दिशामा छ। उहाँलाई अनुकुलता थपियोस् भनेर, ता की उहाँले यो मुद्दाबाट मुक्ति पाउन सक्नुहोस् भनेर। तर अब कतिपय मान्छेहरु यो कहाँ माधव नेपाललाई मात्रै लागेको मुद्दा हो, यो त पार्टीलाई नै लागेको मुद्दा हो, यो त सबैलाई लागेको राजनीतिक मुद्दा हो भनेर बेतुकका कुराहरु, असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्म र भावना विपरितका कुराहरु गर्न थालेका छन्। त्यसले माधव नेपाललाई झन बढी खोकलामा हाल्ने काम गर्दछ। यो कुरा माधव कमरेडले स्वयं बुझिदिए कति राम्रो हुन्थ्यो।’

आफूले पार्टीमा राखेको प्रस्ताव पार्टीबाट माधव नेपाललाई हटाउन नभएको समेत उनको भनाइ छ। खनाल भन्छन्, ‘त्यो प्रस्ताव असाध्यै सोचि विचारीकन रेभिलुसनरी पार्टीले कस्तो स्ट्याण्डर बसाउने भन्ने हो। मैले मार्क्सवादी प्रस्ताव र नयाँ नजिर बसाउने प्रस्ताव प्रस्तुत गरेको छु। त्यो प्रस्तावलाई यो त माधव कमरेडलाई उखेलेर फ्याँक्ने, सत्ताच्युत गर्ने, बदलाको भावना लिएर आउने भन्ने गरी कसैले हेरेको छ भने यो असाध्यै कच्चापन हो।’

सबैलाई लागेको राजनीतिक मुद्दा हो भनेर बेतुकका कुराहरु गर्नु उचित नहुने उनको भनाइ छ। यस्तो प्रचार गर्दा अध्यक्ष नेपाललाई झन बढी समस्या पार्ने जिकिर सम्मानित नेता खनालको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित