Khabar Samachar

७४७० मत गन्दा धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे ३३२९ मत

210
VIEWS

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालकाे सुरूआतदेखि नै अग्रता कायमै छ।

अहिलेसम्म ७ हजार ४७० मत गणना भएकोमा हमालले ३ हजार ३२९ मत प्राप्त गरेका छन्।

सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १ हजार ८३७ पाएका छन्।

हमाल वडभन्दा १४ सय ९२ मतले अगाडि छन्।

नेकपा एमालेका रणबहादुर चन्दले अहिलेसम्म ७८३ मत पाएका छन्।

यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले १ हजार ६२३, एमालेकी कन्दकला रानाले १ हजार ३५३ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार १८ मत पाएका छन्।

धनगढीमा २, ३, १८ र १९ मत गणना हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित