Khabar Samachar

रोल्पाको गंगादेव गाउँपालिकामा नेपाली कांग्रेस विजयी

208
VIEWS

रोल्पाको गंगादेव गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन  र उपाध्यक्षमा कांग्रेसकै अमृता केसी वली विजयी भएकी छिन्।

अध्यक्षमा निर्वाचित पुनले २५४८ र उपाध्यक्षमा निर्वाचित केसीले  २९०९  मत प्राप्त गरिन।

यहाँ नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार रोशनकुमार वलीले २४९९ र उपाध्यक्षमा निर्मला कुमारी वलीले २४४२ मत प्राप्त गरेका थिए।

त्यस्तै नेकपा माओवादी केन्द्र र नकपा एकीकृत समाजवादी गठबन्धनका अध्यक्ष पदका उम्मेदवार बीरबहादुर केसीले २१५४ र उपाध्यक्षका उम्मेदवार नेपबहादुर डाँगीले १८११ मत प्राप्त गरे।

त्यस्तै विप्लवको नेकपाबाट अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका चुडामणि वली (आदर्श)ले १५७३ र उपाध्यक्षमा सुशीला वलीले ८५५ मत प्राप्त गरेकी थिइन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा यो  गाउँपालिकामा माओवादीको तर्फबाट बीरबहादुर केसीले बहुमत वडासहित जित हासिल गरेका थिए। फेरि दोहरिने केसीको चाहना यस पटक पूरा हुन पाएन।

यसअघिका गाउँपालिका अध्यक्ष केसी गठबन्धन गर्दा पनि  प्रतिष्पर्धी भन्दा तेस्रो नम्बरमा परे।

नेपाली काँग्रेसबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित पुन कांग्रेस रोल्पाका उपसभापति र कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका माइला भाइ हुन।

गंगादेव नेकपा माओवादी केन्द्रको आधार इलाका मानिन्थ्यो।

यहाँ नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित सात वडामध्ये ५  वडामा जितेर आफ्नो बलियो उपस्थिति देखाएको छ। एमाले-माओवादीले  एक/एक वडामा मात्रै जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित