Khabar Samachar

गुल्मीको छत्रकोटमा एमालेका रामप्रसाद पाण्डे अध्यक्षमा निर्वाचित

210
VIEWS

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डे निर्वाचित भएका छन् । उनले ६ हजार ५८६ मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा एमालेकै सावित्रा ज्ञवालीले ६ हजार ४७२ मत ल्याएर निर्वाचित भएकी छन् ।

गाउँपालिकामा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनन्तराम पौडेल ५ हजार ९४८ मत ल्याएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चा गुमान सिंह पुन मगर ५ हजार १२४ मत ल्याएका छन् ।

गाउँपालिकाका ६ वटा वडामध्ये ३/३ वटा वडामा नेकपा एमाले र नेपाली कांग्रेसले वडाध्यक्षमा जितेका छन् । जसअनुसार वडा नम्बर ३, ४, ६ मा नेकपा एमाले र १, २, ५ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ ।

गाउँपालिकामा १९ हजार २१४ जना मतदाता रहेकोमा १३ हजार ८९ जनाले मतदान गरेका थिए । गाउँपालिकामा कांग्रेस र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए ।

यो गाउँपालिकामा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित