Khabar Samachar

मदिरा पिएर मतगणना स्थलमा ‘हो-हल्ला’ गरेपछि मकवानपुरका कांग्रेस नेता बानियाँ पक्राउ

202
VIEWS

हेटौंडा । मतगणनास्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेपछि कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवम् संगठन विभाग प्रमुख शैलेन्द्र बानियाँ पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको मतगणनास्थलमा मादक पदार्थ सेवन गरेर हल्ला गरेपछि उनलाई पक्राउ गरिएको हो । नेता बानियाँ अनाधिकृतरुपमा मतगणनास्थलमा प्रवेश गरी हो–हल्ला गरेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

‘मापसे गरी अनाधिकृतरुपमा मतगणना स्थलमा पुगेर होहल्ला गरेपछि हामीले पक्राउ गर्‍यौं’ मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले भने ।बानियाँ अहिले थुनामा छन् । उनीविरुद्ध मद्धा चल्नसक्ने एसपी गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित