Skip to main content

Khabar Samachar

Search
Close this search box.

संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया निर्वाचित

206
VIEWS

संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया निर्वाचित भएका छन् ।

सत्तारूढ गठबन्धनको साझा उम्मेदवार रहेका थपलियाले ८ हजार ३४ मत ल्याएर विजयी भएका हुन्  । उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले ५ हजार ५८९ मत ल्याएका छन् । घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा खाँदबारी नगरपालिका उपप्रमुख भएका थिए ।

उपप्रमखमा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन् । उपप्रमुख बज्राचार्यले ६ हजार ३८५ मत ल्याएर विजयी भएकी छन् । उनका निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिब्यराज बरालले ५ हजार १४७ मत ल्याएका छन्  ।

खाँदबारीमा वडा नम्बर १,७,८,११ काँग्रेसले जितेको छ । वडा २,३,४,५,९ र १० नेकपा एमालले जितेको छ भने वडा नम्बर ६ मा माओवादीले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित