Khabar Samachar

संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया निर्वाचित

204
VIEWS

संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया निर्वाचित भएका छन् ।

सत्तारूढ गठबन्धनको साझा उम्मेदवार रहेका थपलियाले ८ हजार ३४ मत ल्याएर विजयी भएका हुन्  । उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले ५ हजार ५८९ मत ल्याएका छन् । घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा खाँदबारी नगरपालिका उपप्रमुख भएका थिए ।

उपप्रमखमा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन् । उपप्रमुख बज्राचार्यले ६ हजार ३८५ मत ल्याएर विजयी भएकी छन् । उनका निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिब्यराज बरालले ५ हजार १४७ मत ल्याएका छन्  ।

खाँदबारीमा वडा नम्बर १,७,८,११ काँग्रेसले जितेको छ । वडा २,३,४,५,९ र १० नेकपा एमालले जितेको छ भने वडा नम्बर ६ मा माओवादीले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित