Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीको अग्रता

267
VIEWS

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीले अग्रता लिएका छन् ।

सोमबार दिउँसो नेकपा एमालेका उम्‍मेदवार रामेश्वर ढुंगानालाई पछि पार्दै कार्की ४९६ मतको अग्रता लिएका हुन् ।

कार्कीले ३ हजार ६५७ मत पाउँदा प्रतिस्पर्धी एमालेका रामेश्वर ढुङ्गानाले ३ हजार १६१ मत प्राप्त गरेका छन् ।

हालसम्म वडा नम्बर १ र ९ को मतगणना सकिएको छ । हाल वडा नम्बर २ र ८ को मतगणना जारी रहेको छ ।

वडा नं २ मा कार्कीले ३८० र ढुङ्गानाले २९५ मत पाएका छन् भने वडा नम्बर ८ मा कांग्रेसले ३६७ र ढुङ्गानाले १८० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित