Khabar Samachar

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीको अग्रता

265
VIEWS

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीले अग्रता लिएका छन् ।

सोमबार दिउँसो नेकपा एमालेका उम्‍मेदवार रामेश्वर ढुंगानालाई पछि पार्दै कार्की ४९६ मतको अग्रता लिएका हुन् ।

कार्कीले ३ हजार ६५७ मत पाउँदा प्रतिस्पर्धी एमालेका रामेश्वर ढुङ्गानाले ३ हजार १६१ मत प्राप्त गरेका छन् ।

हालसम्म वडा नम्बर १ र ९ को मतगणना सकिएको छ । हाल वडा नम्बर २ र ८ को मतगणना जारी रहेको छ ।

वडा नं २ मा कार्कीले ३८० र ढुङ्गानाले २९५ मत पाएका छन् भने वडा नम्बर ८ मा कांग्रेसले ३६७ र ढुङ्गानाले १८० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित