Khabar Samachar

प्युठानको मल्लरानी गाउँपालिका अध्यक्षमा राजमोका कृष्णबहादुर खड्का विजयी

210
VIEWS

काठमाडौं- राष्ट्रिय जनमोर्चा (राजमो) ले पालिका प्रमुखमा खाता खोलेको छ। प्युठानको मल्लरानी गाउँपालिकामा कांग्रेससँग गठबन्धन गरेर अध्यक्षमा उम्मेदवार बनेका राजमोका कृष्णबहादुर खड्का विजयी बनेका हुन्।

खड्काले ३ हजार ५७६ मत पाउँदा उनका निकटतम् प्रतिश्पर्धी एमालेका शिवराज श्रेष्ठले ३ हजार ८९ मत पाएका छन्। गाउँपालिका अध्यक्षमा दुई जनाको मात्र उम्मेदवारी परेको थियो।

उपाध्यक्षमा गठबन्धनबाटै कांग्रेसका रमेशकुमार श्रेष्ठ विजयी भएका छन्। उनले ३ हजार ३९१ मत पाउँदा निकटतम् प्रतिश्पर्धी एमालेकी इश्वरा आचार्यले ३ हजार ८२ मत पाएकी छिन्।

उपाध्यक्षमा भने माओवादी केन्द्रले पनि उम्मेदवारी दिएको थियो। माओवादी केन्द्रकी रुकमिणी भट्टराईले ३३१ मत पाएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित