काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँ सरकार बनेकोबारे टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत केही घण्टामै परिवर्तन भएको राजनीतिक परिदृश्यप्रति बालेनले राजा फर्काउने भन्ने, राजा चहिन्न भन्ने र राजा मार्छु भन्ने एकै ठाउँ भएर सरकार बनेको र जनतालाई सास्ती भएको टिप्पणी गरेका हुन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले लेखेका छन्, ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’
Discussion about this post