Khabar Samachar

धनकुटा नगरपालिकाको मेयरमा एमालेका चिन्तन तामाङ

208
VIEWS

 

धनकुटा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका चिन्तन तामाङ विजयी भएका छन्।

 

मंगलबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार कांग्रेस-माओवादी गठबन्धनलाई चिन्तनले १४ मतको झिनो अन्तरले पराजित गरेका हुन्।

 

नेकपा एमाले धनकुटाका उपाध्यक्ष पनि रहेका उनले पहिलो कार्यकाल पूरा गरिसकेका थिए।

चिन्तनले गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राईलाई पराजित गरेका छन्।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि चिन्तन र दिनेश नै भिडेका थिए। त्यसबेला चिन्तन ११४ मतको अन्तरमा विजयी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित