सप्तरीको हनुमाननगर कंकालिनी प्रमुखमा जनमत पार्टी विजयी

207
VIEWS

सप्तरी–सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको नगरप्रमुखमा जनमत पार्टी तथा उपप्रमुखमा जनता समाजवादी पार्टी  (जसपा) विजयी भएका छन्। प्रमुखमा जनमतका वीरेन्द्र माझी र उपप्रमुखमा समाजवादीकी सरितादेवी यादव निर्वाचित भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार माझीले ६ हजार ४०७ तथा उनका निकटतम प्रतिद्वन्द्वी समाजवादीका शैलेशकुमार साहले ६ हजार २४६ मत प्राप्त गरे। साह निवर्तमान नगरप्रमुख हुन्। उपप्रमुखमा जसपाकी यादवले ६ हजार ५१२ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीकी रेखादेवी मण्डलले पाँच हजार ९८२ मत प्राप्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित