Khabar Samachar

बालेन शाह दोब्बर मतान्तरले अगाडि

237
VIEWS

काठमाडौं महानगरपालिकामा मतगणनाको प्रारम्भबाटै अघि लागेका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी मतका साथ अगाडि छन्।

बुधबार बेलुकीको मतपरिणाम अनुसार उनी १८ हजार १५० मतका साथ अगाडि छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित ९ हजार ४५० मतका साथ पछ्याइरहेका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छन्। उनले ८ हजार ५८९ मत ल्याएकी छन्। अहिलेसम्म ४७ हजार ६२३ मत गणना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।महानगरको उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगोलले १७ हजार ८२६ मत ल्याएकी छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १ हजार ८९७ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित