Khabar Samachar

गगन थापालाई निर्वाचन क्षेत्रमा धक्का : काठमाडौँ -४ मा पर्ने सबैजसो वडामा पराजित

231
VIEWS

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुईपटक प्रत्यक्ष र एकपटक समानुपातिक निर्वाचन जितेको काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत एक नगरपालिकाको मतगणना सकिँदा मेयर उपमेयरसहित सो क्षेत्रमा पर्ने सबै वडामा कांग्रेसले पराजय भोग्नुपरेको छ ।

२०७४ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जितेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले)ले जितेको छ । थापाको निर्वाचन क्षेत्रमा बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा र काठमाडौँ महानगरपालिकाका ४ वटा वडा पर्दछन् । बूढानीलकण्ठ नगरपालिकाका वडानम्बर १, २, ८, ९, १०, ११, १२ र १३ काठमाडौँको ४ नम्बर निर्वाचन क्षेत्रमा पर्छन् । यी सवै वडाको वडाध्यक्ष एमालेले जितेको छ । यस्तै बूढानीलकण्ठको मेयर र उपमेयरमा पनि एमाले विजयी भएको छ ।

यो नगरपालिकाको वडा नम्बर १ मा एमालेका सुरेन्द्र लामाले ८४५ मत ल्याएर विजयी बन्दा काँग्रेसका उम्मेदवार उत्तम खड्काले ४७३ मत पाए भने वडानम्बर २ एमालेकै राजेन्द्र श्रेष्ठ ११६० मतले निर्वाचित हुँदा काँग्रेस उम्मेदवार जनक थापा १०८३ मतमा चित्त बुझाउन बाध्य भए ।

वडानम्बर ८ मा सुमन तामाङ,९ मा सुमित्रा त्रिपाठी र १० मा नवराज भट्टराई निर्वाचित भए । वडानम्बर ८ मा एमालेका तामाङले १५२२ मत ल्याउँदा काँग्रेस वडाध्यक्षका उम्मेदवार राजाराम थापाले १०६८ मतमात्रै पाए । ९ नम्बरमा एमालेकी त्रिपाठीले ९४८ मतसहित विजयी बन्दा काँग्रेसका गणेशकुमार कोइरालाले ८७५ मत मात्र पाए । १० नम्बर वडामा एमालेकै नवराज भट्टराईले २५८१ मत ल्याएर विजयी बन्दा काँग्रेसका डोरप्रसाद आचार्यले १३११ मत मात्रै पाए । ११ नम्बर वडामा एमालेका राजु अधिकारी १२९३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेस उम्मेदवार राधेश्याम कार्कीले १२५५ मत मात्रै पाए ।१२ नम्बर वडामा शम्भु भट्टराई र १३ मा टीकानारायण श्रेष्ठले क्रमश १३७९ र १६८७ मत ल्याएर निर्वाचित बन्दा काँग्रेसका सुनित चालिसे र भरत श्रेष्ठले क्रमश ११४२ र १४७३ मत मात्र पाए ।
बूढानीलकण्ठका ८ वटै वडा बाहेक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने काठमाडौँ महानगरपालिकाको सार्वजनिक परिणाममध्ये वडानम्बर १ पनि एमालेले नै जितेको छ । यो वडामा एमालेका भरतलाल श्रेष्ठ ६२२ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका किरण श्रेष्ठ ५९८ मतमा चित्त बुझाउन बाध्य भए ।

वडा नम्बर ७ को गणना जारी छ । जसमा काँग्रेसका विमल होडाले अग्रता कायम गरेका छन् भने काँग्रेसका कृष्णमणि भट्टराई प्रतिस्पर्धामा छन् । त्यस्तै वडानम्बर ८ को प्रारम्भिक नतिजा नै सार्वजनिक भएको छैन भने ३० नम्बर वडामा एमालेका उम्मेदवार कृष्णभक्त खड्गीभन्दा काँग्रेसका उम्मेदवार दलबहादुर कार्की अघि छन् ।

२०७४ को संसदीय निर्वाचनमा काँग्रेसका थापा र एमालेका राजन भट्टराईबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला थापाले २१ हजार ५५८ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १८ हजार १४० मत पाएर पराजय भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित