Khabar Samachar

Search
Close this search box.

मोरङको बेलबारीमा मेयरमा एमालेका दिलप्रसाद राई , उपमेयरमा कांग्रेसकी नितु थापा

205
VIEWS

मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई विजयी भएका छन्।

राईले १६ हजार ४२२ मत ल्याएर विजयी बन्दा नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत ल्याए।

उपमेयरमा भने कांग्रेसकी नितु थापा १३ हजार ७३१ मत ल्याएर विजयी भएकी छन्। एमालेकी तिलकुमारी गौतमले १३ हजार ६०५ मत ल्याएकी थिइन्।

बेलबारीमा कांग्रेसले १,४,६,९,१० र ११ नम्बर वडा जितेको छ भने एमालेले २, ३, ५ र ७ नम्बर वडा जितेको छ।स्वतन्त्रले ८ नम्बर वडा जितेको छ। गत चुनावमा मेयर र उपमेयरसहित बहुमत एमालेले जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित