Khabar Samachar

हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीकी मीना लामा विजयी

210
VIEWS

 

हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीकी मीना लामा विजयी भएकी छन्।

केही बेरअघि सार्वजनिक मतपरिणाम अनुसार निकटतम् प्रतिस्पर्धी एमालेका अनन्त पौडेललाई पराजित गर्दै लामा विजयी भएकी हुन्। उनी निवर्तमान उपप्रमुख हुन्।मीना लामाले २३ हजार ६७ मत पाइन्। उनका प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९ सय ८ पाउँदा राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार ३१ मत प्राप्त गरे।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन्।

उपमेयरमा बानियाँले ३२ हजार ५ सय ९३ मत ल्याएर निर्वाचित भए। एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याइन्। राप्रपा उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटिले ५ हजार ८ सय ८७ मत प्राप्त गरिन्।

हेटौँडा उपमहानगरमा गठबन्धन बनेको थियो। लामाको जीतसँगै एकीकृत समाजवादीले पाएको एउटा उपमहानगर जितेको छ।हेटौँडा उपमहानगरपालिकामा कुल १ लाख ४ हजार ४७३ मतदाता छन्। जसमध्ये ५० हजार ७२५ पुरुष, ५३ हजार ७४५ महिला र ३ अन्य मतदाता रहेका छन्।

हेटौँडाको प्रमुखका लागि नेकपा एमाले अनन्तप्रसाद पौडेल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सञ्जिव खराललाई उम्मेदवार बनाएको थियाे।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट रमेशमान सिंह र नेकपा मालेबाट केशव घर्ती पनि उपमहानगरको प्रमुखकाे प्रतिस्पर्धामा थिए।

उपप्रमुखमा एमालेबाट सुमित्रा काफ्ले, लोसपाबाट नानीमैयाँ श्रेष्ठ, राप्रपाबाट इन्दिरा न्यौपाने र मालेबाट अम्बिका लामिछानेले प्रतिस्पर्धा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित