Khabar Samachar

बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी

204
VIEWS

स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव पुनः दोहोरिएका हुन् ।

अध्यक्ष पदमा शाहले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामचन्द्र मौर्यलाई एक हजार ३५२ मतको अन्तरले पराजित गरे। शाहले पाँच हजार ३७ मत प्राप्त गरी विजय हुँदा निकटतम प्रतिस्पर्धी मौर्यले तीन हजार ६८५ मत ल्याएका थिए । नेकपा एमालेकी पद्मावती यादवनीले तीन हजार १२२ मत प्राप्त गरेको निर्वाचन अधिकृत रेशम आचार्यले जानकारी दिए ।

उनका अनुसार, उपाध्यक्षमा श्रीवास्तवले नेपाली काँग्रेसकी अतिकुन निसालाई २०७ मतको अन्तरले पराजित गरेकी छन् । श्रीवास्तवले तीन हजार ८७९ मत प्राप्त गरी विजयी हुँदा काँग्रेसकी अतिकुनले तीन हजार ६७२ मत ल्याइन् । तेस्रो स्थानमा नेकपा एमालेका पञ्चराम यादवले दुई हजार ८०४ मत प्राप्त गरेकी छन् ।

गाउँपालिकाको वडा नम्बर १ मा काँग्रेसका इसाक जोलाह, वडा नम्बर २ मा जसपाका मसुद अहमद शाह, वडा नम्बर ३ मा जसपाका अजयकुमार मिश्र, वडा नम्बर ४ मा काँग्रेसका मनोजकुमार शर्मा, वडा नम्बर ५ मा काँग्रेसका कृष्णचन्द्र मौर्य र वडा नम्बर ६ मा काँग्रेसकै प्रेमचन्द्र मौर्य निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित