Khabar Samachar

काठमाडौंमा बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्

230
VIEWS

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार एक लाखभन्दा धेरै मत गनिसक्दा शाहले ३७ हजार ६१ मत पाएका छन्।

यस्तै सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमा उक्लिएकी छन्। आइतबार बिहानसम्मको मतगणना अनुसार सिर्जनाले २० हजार ५२० मत पाएकी छन्। त्यस्तै तेस्रो स्थानमा रहेका स्थापितको मत २० हजार ३१६ छ।

यसअघि एमाले उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा थिए।

एक लाख २ हजार ७६३ मत गणना गर्दा उनीहरूले सो मत प्राप्त गरेका हुन्।

बालेन र सिर्जनाबीचको मतान्तर १६ हजार ५ सय ४१ छ भने स्थापितसँग १६ हजार ७ सय ४५ छ।

सिर्जना र स्थापितको मतान्तर २०४ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित