Khabar Samachar

काठमाडौँ महानगर वडा नम्बर ३१ मा एमालेका सरोज ढकाल निर्वाचित

225
VIEWS

काठमाडौँ महानगरपालिका–३१ मा नेकपा (एमाले)का उम्मेदवार सरोज ढकाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गरेका छन्।

त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट  अशोक केसी खत्री र  एमालेका हुमादेवी आचार्य निर्वाचित भएका छन्। महिला सदस्यतर्फ एमालेका अप्सरा सञ्जेलले जीत हात गरेकी छन् । दलित महिला सदस्यमा एमालेकै सान्नानी मिजार विजय भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित