काभ्रेको पाँचखाल नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

214
VIEWS

काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सूर्यमाया दनुवार विजयी भएका छन् ।

अघिल्लो कार्यकाल मेयर चलाइसकेका खरेलले नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीलाई ४ हजार ७ सय २१ मतको फराकिलो अन्तरले पराजित गरे । खरेलले १२ हजार ८ सय ३६मत पाउँदा अधिकारीले ८ हजार ११५ मत पाए ।

त्यस्तै नगर उपप्रमुखमा नेकपा एमालेकी सूर्यमाया दनुवार ९ हजार ५३४ मत ल्याएर विजयी भइन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार चेतप्रसाद गौतम (मणी) लाई ५२४ मत अन्तरले पराजित गरिन् । गौतमले ९ हजार १० मत ल्याए ।

योसँगै काभ्रेमा सबै पालिकाको मतपरिणाम आइसकेको छ । काभ्रेमा १३ पालिकामध्ये ७ पालिकामा कांग्रेस र ४ पालिकामा माओवादी केन्द्र विजयी भएका छन् । नेकपा एमाले र एकीकृत समाजवादीले एक÷एक पालिका जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित