Skip to main content

Khabar Samachar

Search
Close this search box.

तारामण्डल महिला सशक्तीकरण अभियानद्वारा जनप्रतिनिधि सम्मानित

237
VIEWS

लामो समय देखि महिलाहरुको हकहितमा काम गर्दै आएको गैरसरकारी संस्था तारामण्डल महिला सशक्तीकरण अभियानद्वारा हालै निर्बाचित जनप्रतिनिधिहरु लाई सम्मानित गरेको छ । सो अबसरमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानका साथै मायाको चिनोसमेत हस्तान्तरण गरिएको छ ।

कार्यक्रम प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ८१ औं पटक रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । आफूले गरेको रक्तदानले कसैको जीवन बाँच्न सक्ने भएकाले नियमित रक्तदान गर्नु उपयुक्त हुने अध्यक्ष लिङ्देन बताए । विशिष्ट अतिथि शंकरापुर नगरपालिका का मेयर रमेश नापित तथा काठमाडौं महानगरपालिका वडा नं ९ र ३१ का नवनिर्वाचित जनप्रतिनिधि ,शंखरापुर ३,६,७ का वडा अध्यक्षहरु लाई सम्मान गरिएको थियो 

उक्त कार्यक्रमको आयोजना गर्न पाएकोमा अभियानकी अध्यक्ष कुन्ती पोखरेलले खुसी व्यक्त गरिन् । 

ब्लड डोनर्स नेपालको सहयोगमा आयोजना भएको उक्त कार्यक्रममा करिब एक सय जनाले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित