Khabar Samachar

तारामण्डल महिला सशक्तीकरण अभियानद्वारा जनप्रतिनिधि सम्मानित

235
VIEWS

लामो समय देखि महिलाहरुको हकहितमा काम गर्दै आएको गैरसरकारी संस्था तारामण्डल महिला सशक्तीकरण अभियानद्वारा हालै निर्बाचित जनप्रतिनिधिहरु लाई सम्मानित गरेको छ । सो अबसरमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानका साथै मायाको चिनोसमेत हस्तान्तरण गरिएको छ ।

कार्यक्रम प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ८१ औं पटक रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । आफूले गरेको रक्तदानले कसैको जीवन बाँच्न सक्ने भएकाले नियमित रक्तदान गर्नु उपयुक्त हुने अध्यक्ष लिङ्देन बताए । विशिष्ट अतिथि शंकरापुर नगरपालिका का मेयर रमेश नापित तथा काठमाडौं महानगरपालिका वडा नं ९ र ३१ का नवनिर्वाचित जनप्रतिनिधि ,शंखरापुर ३,६,७ का वडा अध्यक्षहरु लाई सम्मान गरिएको थियो 

उक्त कार्यक्रमको आयोजना गर्न पाएकोमा अभियानकी अध्यक्ष कुन्ती पोखरेलले खुसी व्यक्त गरिन् । 

ब्लड डोनर्स नेपालको सहयोगमा आयोजना भएको उक्त कार्यक्रममा करिब एक सय जनाले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित