Khabar Samachar

Search
Close this search box.

काठमाडौं मेयर बालेन्द्रको निर्णयलाई समर्थन गर्दै आरडीएक्सले आफ्नो शौचालयलाई बनायो सार्वजनिक

228
VIEWS

काठमाडौं महानगरपालिकाले शहरभित्रका रेस्टुरेन्टलाई पब्लिक बनाउने निर्णय लिएलगत्तै यसको कार्यान्वयन सुरू भएको छ । काठमाडौंका रेस्टुरेन्टले मेयर बालेन्द्र साहको पहललाई साथ दिन थालेका छन् ।मेयरका रूपमा पदभार ग्रहण गरेकै दिन साहले नगर कार्यपालिकाको बैठक डाकेर काठमाडौंका रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेका थिए । उक्त निर्णयअनुसार नरसिंह चोक मार्ग, काठमाडौँमा रहेको आरडिएक्स रेस्टुरेन्ट, ट्याटू एण्ड बारले आजबाट आफ्नो शौचालयलाई सार्वजनिक बनाएको छ ।

रेस्टुरेन्ट, ट्याटू एण्ड बारका सञ्चालक उमेन्द्र श्रेष्ठले आजबाट आफ्नो बारको शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग सुरु गरेको बताए ।

सोही निर्णयअनुसार काठमाडौंका रेस्टुरेन्टहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका छन् । मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति लिइएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित