काठमाडौं– सोमबार मन्त्रिमण्डल हेरफेरको तयारी गरिएको छ। सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ। सोही अनुसार प्रधानन्त्री देउवाले मन्त्रिमण्डल हेरफेर गर्न लागेका हुन्।
एकीकृत समाजवादीबाट मन्त्रीका लागि सिफारिस भएकाहरूको सोमबार दिउँसो शपथ हुने तयारी गरिएको छ।
एकीकृत समाजवादीको आइतबारको सचिवालय बैठकले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हिरा केसीलाई मन्त्रीका लागि सिफारिस गरेको थियो। केसी राज्यमन्त्रीका लागि सफारिस भएका हुन्।
सोमबार दिउँसो शपथका लागि तयारी अवस्थामा बस्न उनीहरूलाई बालुवाटारबाट खबर गरिएको छ।
Discussion about this post