Khabar Samachar

बन्चरेडाँडाका आन्दोलनरत पक्षबीच सहमति, शुक्रबारदेखि फोहर उठ्ने

209
VIEWS

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे सहमति भएको छ । काठमाडौं महानगर र सिसडोल- बन्चरे डाँडा बीच काठमाडौंको फोहोर उठाउने सहमति भएको हाे।

राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि वार्ड अध्यक्षहरूको उपस्थित थियो भने यो समूहले केही दिन अघि भएको सम्झौता मानिरहेको थिएन।

दुई पक्षबीच भएकाे सहमति अनुसार फोहोर ढुवानी रातिको समयमा गर्ने सहमति भएकाे छ ।

रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायत १८ बुँदे सहमति भएको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलसहित प्रभावित क्षेत्र ककनी गापा १ का अध्यक्ष पदम बहादुर श्रेष्ठ बलामी, वडा नम्बर २ का अध्यक्ष तिलक बहादुर लामाका साथ धुनिवेशी नगरपालिका १ का अध्यक्ष बहादुर तामाङ तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश हमालबीच सहमति भएको हो।

यसअघि गत सोमबार शहरी विकास मन्त्री झाँक्रीसहित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्रमा पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापन गर्न दिने सहमति भएको थियो ।

तर उक्त सहमतिमा बञ्चरे डाडाका स्थानीय वासिन्दाले चित्त नबुझाएपछि फोहोर बोकेर गएका ट्रकमाथी अबरोध भएको थियो ।

फोहोरमैला व्यवस्थापनको कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि काठमाडौ महानगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्ने,  फोहोरलाई स्रोतमा वर्गीकरण गरी व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी महानगरपालिकाको हुने, प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्नेलगायतका विषय सहमतिपत्रमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित