Khabar Samachar

Search
Close this search box.

आफ्नै मामाको चिर्पटले टाउकोमा प्रहार गरी हत्या

209
VIEWS

सर्लाहीको लालबन्दी नगरपालिका– ११, हिरापुरका ३१ बर्षीय रवि विकले शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले बताए । मृतक अशोक भने लालबन्दी–१७, रानीगञ्जका वासिन्दा हुन् ।प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुबै जना काम गरिरहेको बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए । गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पतालतर्फ लग्दै गर्दा बाटोमा नै मृत्यु भएको डीएसपी बुढाथोकीले जानकारी दिए ।

प्रत्यक्षदर्शीका अनुसार शनिबार रविको काकाको तरकारी बारीमा मामाभान्जा सँगै काम गरिरहेको बेला उनीहरुबीच विवाद भएको थियो। विवादको क्रममा रविले मामा अशोकको टाउकोमा बाँसको चिर्पट प्रहार गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित