Khabar Samachar

सिन्धुपाल्चोकलाई विश्व बैंकले दिएको साढे ६ अर्ब कहाँ गयो ? -एमाले सांसद शेरबहादुर तामाङ

209
VIEWS

एमाले सांसद शेरबहादुर तामाङले प्राकृतिक प्रकोप ग्रस्त सिन्धुपाल्चोक जिल्लालाई विश्व बैंकले दिएको आर्थिक सहायता कहाँ गयो भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले यसबारे सरकारलाई रुलिङ गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गरे ।

जुरे पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपका धेरै घटनाहरु घटेपछि सरकारले सिन्धुपाल्चोकलाई संकटग्रस्त जिल्लाको घोषणा गरेको र विश्व बैंकमार्फत साढे ३ अर्ब रुपैया प्राप्त गरेको बताए ।  मेलम्चीमा आएको बाढीबाट ७० अर्ब भन्दा बढी क्षति पुर्याएको र सबै प्रकोपलाई सम्वोधन गर्न विश्व बैंकबाट साढे ६ अर्बभन्दा बढी रकम प्राप्त भएपनि कुनै काम नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित