Khabar Samachar

एसपिपी सम्झौता सन् २०१९ मा ओली सरकारले कार्यान्वयन गरेको : प्रचण्डको दाबी

202
VIEWS

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन गर्ने काम केपी ओली नेतृत्वको सरकारले गरेको दावी गरेका छन् । बिहीबार रितवहादुर खड्का स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा भएकाले सवैले बुझ्न जरुरी भएको बताए ।

आज पेरिसडाँडामा आयोजित रितबहादुर खड्काको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो सम्झौतामा कुनै पनि हालतमा हस्ताक्षर नगर्ने बताएको उल्लेख गरे।

‘बरू यो एसपिपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ, यो कुरा हामी सबैले बुझ्न जरूरी छ,’ प्रचण्डले भने।

उनले एसपिपीबारे जनतामा भ्रम छर्ने काम भइरहेको बताएका थिए।

‘कुनै न कुनै रूपले राष्ट्रवादको झुटो र राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत विगतमा पनि हामीले देखेको हो। जो सबैभन्दा बढी आत्मसमर्पण गर्नेतिर जान्छन् उनीहरूले नै राष्ट्रवादको बढी हावा दिने गरेको अनुभव नेपाली जनतालाई छ,’ प्रचण्डले भने, ‘हिजोआज पनि एउटा प्रश्न, एसपिपी भन्ने हुँदैछ रे, सैनिक सम्झौता हुँदैछ रे, भइ नै सक्यो भन्याजस्तो गरी प्रचार गरिएको छ विल्कुल झुटो हो।’

उनले गठबन्धन त्यस्तो कुरामा नजाने भन्दै अहिले फेरि कुनै न कुनै रुपले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत भइरहेको बताए । उनले राष्ट्रवादको पाखण्डी प्रचार गर्नेहरुले सवैभन्दा वढि आत्मसमर्पण गर्ने गरेको इतिहास रहेको समेत बताए । ‘हिजो आज एसपीपी सैन्य गठबन्धन भैसक्यो रे जसरी प्रचार भइरहेको छ, विल्कुल झुठो हो’, प्रचण्डले भने, ‘म गठबन्धनको एउटा नेताको हैसियतले प्रधानमन्त्री र गठबन्धनमा भएका छलफलमा त्यस्ता कुनै सम्झौता भएको छैन, हुने छैन यो घोषणा गर्न चाहान्छु ।’

उनले कुनै सैन्य सम्झौता नहुने बताएका थिए। ‘प्रधानमन्त्रीजीले कुनै पनि हालतमा म त्यस्तो सम्झौतामा जान्न भनेर प्रतिवद्धता जनाउनुभएको छ। कोही भ्रममा पर्न जरूरी छैन,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित